गठबन्धन फेरिएपछिको असर : केन्द्र सरकारमा अलमल, प्रदेश सरकारमा...
चैत ११, २०७९ शनिबार
काठमाण्डाै - बङ्लादेशमा भइरहेको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल ढाकाको मुस्तोफा कमल मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपाल आयोजक बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । भुटान पनि शुक्रवार भएको उद्घाटन खेलमा भारतसँग १२–० गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् ।
नेपालले अर्को खेल मङ्गलवार भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।