जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाउनुभएको छ ।
आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चाैधरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भए पनि ती सबै कार्यक्रम झापाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँ (ओली) ले बडो ठूलो आवाजमा बोल्नुभएको छ । जनता आवास कार्यक्रमार्फत खरको छाना हटाएर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यस बेला झन्डै २० हजार घरमा खरको छानो विस्थापित गरेका थियौँ । तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो ।’
सांसद चाैधरीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।