पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न लागेको भन्दै सीके राउतको आपत्ति

 माघ २२, २०७९ आइतबार १७:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । 

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले मन्त्री फेरिएपिच्छे संस्थाहरू सारिँदा विकास निर्माणले गति नलिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘योभन्दाअघि राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीमा राखिएको थियो, अहिले सुन्दैछु, कृषि मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र, अरू जिल्लामा सार्ने प्रयत्न गर्दै हुनुहन्छ, यस्तो प्रवृत्ति दोहोरियो भने विकास हुन सक्दैन ।’

अध्यक्ष राउतले सरकार संसद्प्रति उत्तरदायी छ कि छैन भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संसदमा सांसदले उठाएका कुराहरू टिपेर त्यसबारेमा के कति काम भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदले संसदमा बोलिरहनुको अर्थ नरहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०७९

तपाईको प्रतिक्रिया