पार्टीमा नेताहरूबीच कुनै खटपट छैन : अध्यक्ष नेपाल

 माघ २२, २०७९ आइतबार १९:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

आइतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिएको विषयलाई फरक मत भनेर सञ्चारमाध्यममा आएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उहाँको भनाइ थियो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिस्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ भन्नेमा उहाँलाई लागेका विचारहरू हुन् । यस अर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यकता छैन ।नेताहरूबीच खटपट भएको भन्ने लागेको होला ? छैन ।’

अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया