भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ ।
ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो ।
बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् । न्यूनतम ५ हजार रुपैँयामै खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी वार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ । मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बीमा, ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा, सामान खरिदका लागि पाँच लाख रुपैँयासम्मको इएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ ।
बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जनाएको छ ।
‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैयाँमै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैयाँसम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।
यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैयाँ बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।