राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने काेसिस भइरहेकाे छ : मन्त्री शर्मा

 माघ २४, २०७९ मंगलबार १८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने काेसिस भइरहेको बताउनुभएको छ । 

मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले यस्तो बताउनुभयो । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको उहाँको भनाइ छ । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताउनुभयो । 

मन्त्री शर्माले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको छ तर सरकारको समर्थन फिर्ता लिएको छैन । उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो । प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिकरूपमा पनि गठबन्धनलाई बचाउनका निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनका निम्ति प्रयत्नशील छौँ भनेर बोलिरहनुभएको छ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार सङ्कटमा परेको छैन ।’ 

मन्त्री शर्माले किसानले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको 'ग्याप' लाई समाधान गर्नेबारेमा छलफल भएको बताउनुभयो । किसान र उपभोक्ताबीचका बिक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्नेबारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको उहाँले बताउनुभयो । 

मन्त्री शर्माले पाँच दिनसम्म प्रतिनिधि सभाअन्तर्गतका समिति बनिसक्ने पनि बताउनुभयो । उहाँले समितिहरू निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयक पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समिति निर्माण गरेर विधेय पास गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया