टर्कीमा भूकम्पबाट भत्किएका भवनकाे निर्माण मापदण्डबारे अनुसन्धान सुरु, सय जना पक्राउ

 माघ २९, २०७९ आइतबार १८:९:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

टर्कीमा भूकम्पबाट भत्किएका भवनको निर्माण मापदण्डबारे अनुसन्धान सुरु भएको छ । भूकम्प प्रतिरोधी र बलिया भनेर निर्माण भएका भवन पनि भत्किएर हजारौँ नागरिकको ज्यान गएपछि सरकारले मापदण्डबारे अनुसन्धान थालेको हो ।

अनुसन्धानका लागि टर्कीको प्रहरीले अहिलेसम्म एक सय जनाभन्दा धेरैलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा भवन डिजाइनर, इन्जिनियर र ठेकेदार रहेका छन् । टर्कीमा विगतका वर्षहरूमा भूकम्प गएपछि सरकारले भवन निर्माणमा कडा नियम लागू गरेको थियो । यसका बाबजुद गएको सोमवारकाे भूकम्पमा हजारौँ भवनहरू ढलेपछि अनुसन्धान थालिएको सरकारले जनाएको छ ।

टर्कीको न्याय मन्त्रालयले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० वटा प्रान्तमा भूकम्प अपराध अनुसन्धान विभागहरू गठन गर्न आदेश दिएको छ ।

टर्कीमा गएको सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । भवनका भग्नावशेष पूर्णरूपमा नहटाइएकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने उद्धार र राहत कार्यमा संलग्न निकायहरूले बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया