५ दिनमै प्रधानमन्त्री प्रचण्डको बोली झुट साबित, बिदा घटाउनुको साटो बढाउने निर्णय

 माघ २९, २०७९ आइतबार १८:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सार्वजनिक बिदा कम गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफैँ गरेको भाषण पाँच दिनमै गलत साबित भएको छ ।

गएकाे २४ गते मङ्गलवार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कम गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएका कारण नागरिकका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

तर आज आइतवारमात्रै भाेलि साेमवार फागुन १ गते जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेर आफ्नै बोलीलाई प्रधानमन्त्री प्रचण्डले झुट साबित गर्नुभएको छ । त्यति बेला उहाँले बिदा घटाउने बारेमा मन्त्रिपरिषदमा पनि छलफलसमेत गरेको जानकारी दिनुभएको थियो ।

यो वर्षका लागि सरकारले शनिवारबाहेक ४३ वटा सार्वजनिक बिदा दिएको छ । तर बीच–बीचमा मन्त्रिपरिषद्को बैठकले अरू थुप्रै पर्व, दिवस र शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिरहेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया