सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
बैशाख ९, २०८२ मंगलबार
भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँहरुबीच दुई देशबीच स्वच्छ व्यापार र रक्षा साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ ।
उपराष्ट्रपति भान्स भारतको चार दिने भ्रमणका लागि परिवारसहित हिजो नयाँ दिल्ली पुग्नुभएको हो । भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।