अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान राेहित पाैडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा ५५ रन बनाउँदै राेहितले एक हजार रन पूरा गरेका हुन् । याेसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलाे नेपाली क्रिकेटर बनेका छन् ।
३३ खेलमा एक हजार रन पूरा गर्दा राेहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनकाे व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उनकाे औसत ३५ भन्दा धेरै छ ।
एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ काे औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन् । यस्तै आसिफ शेखले २४ खेलमा २८ काे औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन् ।
अहिले नेपालले नामिबियाले दिएकाे दुई सय ८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । क्रिजमा राेहित र कुशल भुर्तेल छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।