प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन ४, २०७९ बिहीबार १५:५५:५३ | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमतिजस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपतिका लागि सहमति चाहिएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधि सभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ ।’

प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया