रामेछाप : टाउके सामुदायिक वनमा तीन दिनदेखि लागेकाे डढेलाे अझै नियन्त्रणमा आएन

 फागुन ५, २०७९ शुक्रबार ८:२३:५९ | रासस
unn.prixa.net

फाइल तस्बिर

रामेछाप - रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेकाे डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

तीन दिनअघिदेखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् । डढेलो लागेको समुदायिक वनमा प्रायजसाे सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।

डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।  यसैबीच रामेछाप–८ मा हिजाे एक घर जलेर नष्ट भएको छ।

हिजाे दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा घटना भएको आशङ्का गरिएको छ। 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया