पाथीभरा याङवरक गाउँपालिकाले विपन्नलाई घर बनाइदियाे

 फागुन ९, २०७९ मंगलबार १७:३९:३६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङकाे पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका तीन विपन्न परिवारलाई घर बनाइदिएकाे छ । 

पाथीभरा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुका परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनुभयो । यस्तै चाक्सिबोटेकै कमला सेनेहाङका लागि घर निर्माणको काम भइरहेकाे उहाँले जानकारी दिनुभयो ।

एक परिवारको घर निर्माणका लागि अवस्था र सामान ढुवानीलाई हेरेर २ देखि ४ लाख रुपैयाँसम्म खर्च भएको अध्यक्ष मेन्याङ्बोले बताउनुभयो । अर्थिक अवस्था अति नै कमजोर भएका अरू परिवारकाे पहिचान गरी बस्ने घरको व्यवस्था गरिने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया