नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएको लगायतका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो । उहाँले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल/अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न जाँचबुझ आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्दै त्याे प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्तिसमेत अतिक्रमण गरिएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
सांसद श्रेष्ठले नेपाल ललित कला प्रतिष्ठानको २९ रोपनी जग्गासमेत दुरुपयोग गर्ने काम भइरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।