दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नुभएको छ । नेपालको राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधीन नभएको देशका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गर्नुभयो ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो । उहाँले नेपालकाे राजदूतले भारतको विदेश मन्त्रीसमेत भेट्न नपाउने तर त्यहाँका विदेश सचिवले हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसमेत भेट्न पाउने विषय सही नभएको पनि पटक–पटक दोहोर्याउनुभयो ।
सांसद पन्तले भन्नुभयो, ‘आज दुःखको कुरा, हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको जेएनयूका पूर्वप्राध्यापकले प्रस्तुत गर्छन् । कस्तो दिन आयो ? हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो नीलाम्बरजी । उहाँलाई भारतको परराष्ट्र मन्त्रीसँग भेट्नका लागि पटक–पटक ताकेता गर्दा पनि मुस्किलले भेट हुन्थ्यो । तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन् र प्रधानमन्त्री, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव, पूर्वप्रधानमन्त्री, राष्ट्रपति सबैलाई भेट्छन् । म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु– यो राष्ट्रिय सम्मानको कुरा हो ? हाम्रो विदेश सचिव जाँदा यही ढङ्गलेको भारतको ट्रिट पाउँछ ? यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ? त्यो देशको विदेश सचिव आएपछि हाम्रो सारा अखबारका कटिङ हेरौँ, लाजमर्दो लाग्छ । सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ । सारालाई भेटेको छ । यस्तो किन हुन्छ ? परराष्ट्र मन्त्रालयले विदेशी राजदुतहरू आउँदा, विदेशी पदाधिकारीहरू आउँदा कसरी त्यसलाई नियमन गर्ने हो ? यो देशको स्वाभिमानका लागि पनि नगरि नहुने भयो ।’
सांसद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भने पनि त्याेअनुसारको काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।