नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – उपप्रधान, अर्थ मन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा आफ्नाे पार्टीले उठाएको उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ ।
बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति चुनावमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गर्नुभएको हो । उहाँले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले त्यही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताउनुभयो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी दलहरूका बीचमा भएकाे सहमति नै नेकपा एमालेका तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो । म के कुरामा विश्वस्त छु भने सरकार गठनको पृष्ठभूमिमा सरकारमा सहभागी, सरकारलाई समर्थन गर्ने दलहरूका बीचमा भएकाे सहमति कार्यान्वयन हुन्छ । नेकपा (एमाले) का तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढङ्गले जित हासिल गर्नुहुन्छ ।’
त्यस्तै एमाले सचिव गोकर्ण विष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने जिकिर गर्नुभयाे । उहाँले सत्तारूढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लोक
Feb. 22, 2023, 8:54 p.m.पार्टीका झण्डामा लुटपुटीएर जनताका आँखामा छारो हालेर पद र प्रतिष्ठामा हालीमुहाली गर्न पल्किएका भूपू प्रधान उपप्रधान र मन्त्रीहरु वा अन्य झोलेहरु जो राष्ट्रपति बने पनि त्यो निरपेक्ष रहने होइन ।