सडक छेउछाउका तार ७ दिनभित्र व्यवस्थित गर्न ललितपुर महानगरको आग्रह

 फागुन १२, २०७९ शुक्रबार १०:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

महानगरले आज शुक्रवार सूचना निकालेर अव्यवस्थित तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाले सहरलाई कुरुप बनाएकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । महानगरले इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमलाई सात दिनभित्र तार आफैँ हटाउन र तोकिएको समयभित्र आफैँ नहटाए कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरलाई सुन्दर र 'स्मार्ट सिटी' बनाउने तथा सडक पेटी सुधारको अभियानमा सहयोग गर्न पनि महानगरले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

सूचना–

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया