बालुवाटार बैठक : कांग्रेसले राष्ट्रपतिमा दाबी नछाड्ने

 फागुन १२, २०७९ शुक्रबार १३:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चार दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँगको छलफलमा कांग्रेसले आफ्नो अडान राखेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा स्वाभाविक दाबी गरेको बताउनुभयो । बैठकमा कांग्रेसबाहेकका दलहरूले पनि राष्ट्रपतिमा आ–आफ्नो दाबी गरेको बताउनुभयो । महामन्त्री थापाले प्रस्तावमा आएका नामहरूका बारेमा दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरी फेरि ५ बजे बैठक बस्ने सहमति भएको बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरूले सहयोग गर्छ भन्ने अपेक्षा राखेकाे छ । यसैगरी अन्य दलको तर्फबाट फरक प्रश्तावहरू आए तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ ।’

महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले अन्य दलहरूले पनि कांग्रेसबाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया