नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेकपा (एमाले) का सांसद महेशकुमार बर्ताैलाले मकवानपुरको विभिन्न बस्तीमा पसेर आतङ्क फैलाउने एमगज नामकाे हात्तीलाई नियन्त्रणमा लिन माग गर्नु भएको छ ।
आजकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्ताैलाले करिब एक हप्तादेखि एमगज हात्तीले आतङ्क मच्चाइरहेकाे भन्दै नियन्त्रणका लागि सरकारसमक्ष आग्रह गर्नुभएकाे हाे ।
एमगजको आक्रमणबाट ज्यान गुमाएकी मनोहरी गाउँपालिका- ४ की ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएकाे छ ।
सांसद बर्तौलाले भन्नुभयो, ‘मकवानपुरमा एमगज नामको हात्तीले आतङ्क मच्चाइरहेको छ । ३ दिन अगाडि मनोहरी गाउँपालिका-४ की ६४ वर्षीया राधा अधिकारीकाे हात्तीकाे आक्रमणमा परि ज्यान गयाे । त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तीले नागरिककाे घर भत्काउने, बाली नोक्सान गर्ने, आतङ्कित बनाइरहेकाे छ । विद्यार्थीहरु विद्यालय जाने स्थिति समेत बनेको छैन।'
उहाँले एक हप्तायता मकवानपुरको विभिन्न बस्तीमा हात्तीले आतङ्क सिर्जना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
'सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले हात्तीलाई नियन्त्रण गर्नका लागि जुन प्रकारले भूमिका खेल्नु पर्दथ्यो, बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नु पर्थ्यो, त्यो छैन । हात्तीलाई नियन्त्रणमा लिइ मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्न चाहन्छु ' उहाँले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।