सरकार छाड्ने तयारीमा एमाले

 फागुन १३, २०७९ शनिबार ७:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहितका दलहरूले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले सरकार छाड्ने तयारी गरेको हो । यसबारे आज बस्ने सचिवालय बैठकले निर्णय गने एमाले नेताहरुले बताएका छन् । सरकार छाडेलगत्तै एमालेको केन्द्रदेखि प्रदेशसम्मका महत्त्वपूर्ण पद गुम्नेछ । सङ्घीय सरकारमा एमालेका उपप्रधानमन्त्रीसहित ८ मन्त्री छन् ।

यस्तै एमालेसँग प्रदेश १, गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री तथा मधेस प्रदेश र कर्णाली प्रदेशमा सभामुख र सुदूरपश्चिम प्रदेशमा उपसभामुख छन् । ६ वटा प्रदेशमा एमालेका २४ मन्त्रीहरु छन् । मङ्सिर ४ को चुनावपछि एमाले र माओवादीबीच प्रधानमन्त्री ५ वर्षे कार्यकालमा आधाआधा र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने सहमति भएको थियो । त्यही अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्री बन्नुभएको थियो।

पुस १० मा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति चुनावका क्रममा फरक कित्तामा उभिएसँगै सत्ता समीकरण फेरिएको हो । नयाँ गठबन्धनमा भएको सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पालैपालो प्रधानमन्त्री बन्नेछन् । सुरुको अढाई वर्ष प्रचण्ड र त्यसपछि देउवा डेढ वर्ष र नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति भए पनि यसबारे ठोस निर्णय हुन बाँकी रहेको नेताहरुले बताएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया