नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।
शुक्रवार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो । गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसनिम्ति आफ्नो भूमिका हुने बताउनु भयो ।
उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उहाँको भनाई छ । उहाँले राष्ट्रपति चुनावको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने पनि बताउनु भयो ।
यस्तै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत् बनाउन ओलीको योगदान हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।