कांग्रेसले 'कोर्ष करेक्शन' गरेर अघि बढेको छ : नेता निधी

 फागुन १३, २०७९ शनिबार १९:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनु भयो । उहाँले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ ।’

नेता निधीले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म जारी रहने दाबी गर्नुभयो । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया