बुटवलमा माेटरसाइकल र बस ठाेक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान गयाे

 फागुन १४, २०७९ आइतबार १०:१:१८ | रासस
unn.prixa.net

रुपन्देही - बुटवलको मिलनचोकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।

गएराति  बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेकाे लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठाेक्किँदा उहाँकाे ज्यान गएकाे हाे । 

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया