देशका समस्या समाधान गर्न सबै पार्टी मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्छ : माधव नेपाल

 फागुन १४, २०७९ आइतबार १९:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आइतवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभयाे । उहाँले एमालेलगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताउनुभयो । उहाँले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा देखिएका चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍याे । सङ्कटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमाना मात्रै भएकाे टिप्पणी गर्नुभयो । आफूहरूका बीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उहाँको भनाइ छ । उहाँले वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आह्वान गरिरहेको भन्दै एजेन्डा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वामपन्थी शक्तिहरूलाई मिलेर जानका लागि आह्वान गरिरहेका छाैँ । यसका निम्ति समाजवादी शक्तिहरू, वामपन्थी शक्तिहरू राष्ट्रिय विषय, नागरिकका विषय, लोकतन्त्रका विषयमा, गणतन्त्रका विषयमा, संविधानका विषयमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडि बढ्ने छाैँ ।’

अध्यक्ष नेपालले आफूहरू एजेन्डा मिल्नेहरूसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताउनुभयो । उहाँले सबै कुरा मिल्नेहरूसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया