एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

 फागुन १५, २०७९ सोमबार १६:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । एमालेका सबै आठ जना मन्त्रीले आज साेमवार दिउँसाे बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हु्न् ।

एमालेबाट मन्त्री बनेका उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री विमला राई पौड्याल, भूमि सुधार सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी, स्वास्थ्य मन्त्री पदम गिरी र रक्षा मन्त्री हरी उप्रेतीले राजीनामा बुझाउनुभएको हो ।

यसअघि एमालेको बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपति चुनावमा कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया