लमजुङमा आगलागीमा परेर ९१ वर्षीय वृद्धकाे ज्यान गयाे

 फागुन १६, २०७९ मंगलबार ९:५८:७ | रासस
unn.prixa.net

लमजुङ - लमजुङमा आगलागीमा परेर एक वृद्धकाे ज्यान गएकाे छ ।  

गएराति दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

कामी छाप्रोमा बस्दै आउनुभएकाे थियाे । चुलाेमा बालेकाे आगाे निभाउन बिर्सिँदा आगलागी भएकाे र अशक्तता कारण बाहिर निस्किन नसक्दा उहाँकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना  हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया