चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
डाेटी – डोटीमा परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पुर्याएकाे छ । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति पुर्याएपछि किसानहरू चिन्तामा परेका छन् ।
लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूलखेतीमा क्षति पुर्याएकाले किसानहरू चिन्तित बनेका स्थानीयवासी वीरेन्द्र उपाध्यायले बताउनुभयो ।
हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि त्यहाँका किसानलाई भोकमरी हुने चिन्ता छाएको अर्का स्थानीय लोकेन्द्र कठायतले बताउनुभयो । उहाँका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको छ ।
यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन् । यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।