त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

 फागुन १९, २०७९ शुक्रबार ६:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ ।

अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया