त्रिविका क्याम्पसमा स्ववियु चुनावको चहलपहल

 फागुन २०, २०७९ शनिबार १०:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ। चुनावी कार्यक्रम अनुसार हिजो क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आआफ्नो सङ्गठन दर्ता गराएका छन्।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक चुनावमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो । काठमाण्डौ उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेदिक क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । यस्तै काठमाण्डौ उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गते विद्यार्थी सङ्गठन दर्ता तोकिएको छ।

चुनावी कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुनेछ।

स्ववियुको उम्मेदवार हुन २८ वर्षे हदम्याद तोकिएको छ । यसैबीच स्ववियु चुनावमा ८ दलीय गठबन्धनका भ्रातृ विद्यार्थी सङ्गठनले तालमेलको प्रयास थालेका छन् । ८ दलमध्ये नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठन बनेको छैन । अरु ७ दलकै विद्यार्थी सङ्गठन छ । तर कांग्रेसको नेविसङ्घ र माओवादीको अखिल क्रान्तिकारीभित्र आन्तरिक विवाद छ। आन्तरिक विवादका कारण कतिपय क्याम्पसमा नेविसङ्घको दुईवटा सङ्गठन दर्ता भएको छ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया