तनहुँकाे आँबुखैरेनीमा कृषकका लागि हाटबजार सञ्चालन

 फागुन २०, २०७९ शनिबार १२:१२:२७ | रासस
unn.prixa.net

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । पालिकामा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।

हाटबजारको शुक्रवार राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताउनुभयो ।

आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार  बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनु भयाे। गाउँपालिका कार्यालयको करिब ४० लाख रुपैयाँ लागतमा वार्षिक  दुई लाख ५० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उहाँले बताउनुभयो ।

कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिवार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रवार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्यलगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इञ्जीनियर निरोज श्रेष्ठले जानकारी दिनुभयो । गएकाे वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण सुरु गर्न सकिएको थिएन । अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिनुभयो ।

हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासीलगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया