जसपा : चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्न छानबिन समितिकाे सिफारिस

 फागुन २०, २०७९ शनिबार १८:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको छानबिन समितिले ८० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अन्तर्घात भएको भन्दै उजुरी परेपछि जसपाले शिवलाल थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अध्यक्ष उपेन्द्र यादवलाई आज प्रतिवेदन बुझाएको हो ।

अन्तर्घातको आरोप लागेका एक सय ५२ जना नेता तथा कार्यकर्तासँग बयान लिएकोमा उनीहरूमध्ये ८० जनालाई कारबाही गर्न सिफारिश गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया