राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

 फागुन २२, २०७९ सोमबार १८:१२:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

उहाँले राष्ट्रपतिको चुनावमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको दाबी गर्नुभयाे । उहाँले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताउनुभयो । यस्तै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा पहिलो दायित्व संविधानको रक्षा गर्ने बताउनुभयो । 

अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझीलगायतका नेताहरूकाे सहभागिता रहेकाे थियो ।

एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले आठ दलकाे साझा उम्मेदवारका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया