प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना

 फागुन २६, २०७९ शुक्रबार १४:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र ज्ञानेन्द्रराज आरणलगायतका अधिवक्ताले बहस गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका दुई वटा रिट मङ्गलवार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि उनीहरूले गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्चको प्रशासनले दरपिठ गरेको थियो । दरपिठ भएको रिट निवेदन अघिल्लो शुक्रवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । त्याे इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया