काठमाण्डौ महानगरपालिकामा कम्पोष्ट मल बनाउने काम बिस्तार

 फागुन २९, २०७९ सोमबार ७:२१:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाले कम्पोष्ट मल बनाउने कामलाई बिस्तार गरेको छ ।

यसअघि टेकुमा रहेको ट्रान्सफर स्टेशनमा एक ठाउँबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको महानगरपालिकाले टेकुकै अर्को ठाउँमा पनि कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया काठमाण्डौ उपत्यकाको अन्य ठाउँ र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन गर्ने ठाउँ बञ्चरेडाँडामा पनि सुरु गर्ने महानगरको तयारी छ ।

कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।

टेकुका ती दुई ठाउँका काम सफल भए उपत्यकाको अन्य ठाउँमा पनि बिस्तार गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

पटकपटक कुहिने फोहर व्यवस्थापन गर्न समस्या भइरहेका बेला कम्पोष्ट मल बनाउने कार्यले सहज हुने उहाँको भनाइ छ ।

उपत्यकामा नै उत्पादन भएको कुहिने फोहरबाट मल उद्योग सञ्चालन गर्ने र बञ्चरेडाँडामा थोरै मात्र फोहोर पठाउने गर्दा ठाउँ अभावको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले उपत्यकामा उत्पादन भएका सबै फोहर बञ्चरेडाँडामा लानुपर्ने अवस्था छ । यसरी सबै फोहर ल्याण्डफिलमा व्यवस्थापन गर्दा छिटो भरिने हुन्छ ।

फोहर जहाँ उत्पादन भएको छ त्यहीँ व्यवस्थापन गर्नुपर्छ भन्दै महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयलाई यस विषयमा थप जिम्मेवार बनाउने जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया