खोटाङको डुम्रेधारापानीमा जङ्गलमा लागेको डढेलोबाट बच्न जाग्राम

 फागुन २९, २०७९ सोमबार ८:३७:३९ | दमन राई
unn.prixa.net

काठमाण्डौ – खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा रहेको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोबाट बच्न स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् ।

अस्ति शनिवार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि रातभर जाग्राम बस्ने गरेको स्थानिय बासिन्दाले बताएका छन् ।

धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय बासिन्दा रातभर आ–आफ्नो टोलको संरक्षणमा जुटेको वडा सदस्य महेश बोगटीले जानकारी दिनुभयो ।

डढेलोको लप्का र झिल्को घरको छानोमा आउने त्रासमा स्थानीय बासिन्दा सुत्न नसकेको बोगटीले बताउनुभयो ।

झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छैन ।

मानव बस्तीमा डढेलो पस्ने जोखिम टरे पनि अहिले सिरुवानी क्षेत्रमा डढेलो कायम छ ।

यो क्षेत्रमा प्रहरी र स्थानीयवासीले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

डढेलोले भिषण रुप लिएपछि नियन्त्रणका लागि प्रशासन र प्रहरीलाई खबर गरेको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया