चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न अमेरिकालाई चीनको आग्रह

 बैशाख १, २०८० शुक्रबार ६:५३:४७ | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

अमेरिकी सेनाको गोप्य दस्ताबेज सार्वजनिक भएको विषयमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ ।

पेन्टागनका केही शङ्कास्पद गोप्य दस्ताबेजहरू हालै सार्वजनिक भएका थिए । चुहावट भएका पछिल्ला दस्ताबेजले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको सङ्केत गर्छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा  अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले पेन्टागन लिक्सलाई खतरनाक चुहावटको संज्ञा दिँदै यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा विश्लेषण भइरहेको र फौजदारी अनुसन्धान अघि बढाइएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया