पूर्वाधार निर्माणकाे काम राति मात्र गर्न काठमाण्डौ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना

 वैशाख ४, २०८० सोमबार १२:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई रातको समयमा मात्रै गर्न निर्देशन दिएको छ ।

सार्वजनिक निकायले महानगरभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण, मर्मत लगायतका काम सकेसम्म राति ८ बजेपछि मात्रै गर्ने/गराउने व्यवस्था मिलाउन महानगरपालिकाले निर्देशन दिएको हो ।

महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

यस्तै, निर्माणस्थलमा घेराबार नलगाइ वा सङ्केत नराखि यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण जुनसुकै बेला उठाउने पनि महानगरपालिकाले चेतावनी दिएको छ ।  महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल सङ्केत गर्नसमेत महानगरले अनुरोध गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले जनाएको छ । सूचना अनुरसार काम नगरे ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने महानगरपालिकाको चेतावनी छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया