सुडानमा दुई सरकारी सेनाबीच ६ दिनदेखिको लडाइँ एक दिन रोक्ने सहमति

 वैशाख ७, २०८० बिहीबार ६:३४:३८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

सुडानमा दुई सरकारी सेनाबीच ६ दिनदेखिको लडाइँ एक दिनको लागि रोक्ने सहमति भएकाे छ । 

नागरिकको अवस्था अत्यन्तै दयनीय भएपछि सुडानी राष्ट्रिय सेना र अर्धसैनिक र्‍यापिड फोर्स आरएसएफबीच गएरातिदेखि लागू हुनेगरी २४ घण्टे युद्धविरामकाे सहमति भएकाे बीबीसी हिन्दीले जनाएको छ । तर मङ्गलवारसम्म दुवै पक्षबीच भीषण लडाइँ चलिरहेकाले युद्धविरामको पूर्ण पालना हुन्छ भन्नेमा शङ्का रहेको खबरमा उल्लेख छ ।

२४ घण्टे युद्धविराम गर्ने सहमति भएसँगै ६ दिनदेखि घरभित्रै थुनिएका नागरिक बाहिर निस्किएका छन् । दुई सेनाबीचको भिडन्तमा अहिलेसम्म २ सय जनाको ज्यान गएको छ भने सयौँ जना घाइते भएका छन् । तर राजधानी खार्तुम वरपरका ५९ वटा अस्पतालमध्ये जम्मा ५ वटा मात्रै अस्पताल खुलेकाले उपचारमा निकै समस्या भएको छ।

युद्धबाट धेरै प्रभावित राजधानी खार्तुमका नागरिकले धमाधम सहर छाडिरहेका छन् भने खाना र पानीका पसलमा लामो लाइन लागेको छ । बिजुली र सञ्चार सेवा नहुँदा सुडानका धेरैजसो क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा सेना र अर्धसैनिक बल आरएसएफबीच मुख्य विवाद छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया