अनु मलिक इन्डियन आइडलबाट निकालिए कि आफै निस्किए ?

 कात्तिक ५, २०७५ सोमबार १४:१६:८ | एजेन्सी
unn.prixa.net

‘तु मुम्बई आ रहा है । तु मुम्बई आ रहा है ।’ सोनी टेलिभिजनको चर्चित इन्डियन आइडल शोका निर्णायक अनु मलिकको यो लाइन अब तपाईँले सुन्न सक्नुहुन्न । अनु मलिक अब इन्डियन आइडलको निर्णायकका रुपमा देखिने छैनन् । 

मि टू अभियानका क्रममा गायिका सोना महापात्रा र श्वेता पण्डितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । 

यौन उत्पीडनको आरोप लागेपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै अनु मलिकलाई इन्डियन आइडलको निर्णायक मण्डलबाट हटाएको हो । 

सोनी टिभीले भनेको छ, ‘अनु मलिक अब इन्डियन आइडलको जूरी प्यानलमा छैनन् । शो पहिलेजस्तै नै चलिरहन्छ । हामी शोमा भारतीय संगीत क्षेत्रका कैयौँ ठूला नामलाई पाहुनाका रुपमा बोलाउनेछौँ । उनीहरुले विशाल र नेहासँग मिलेर इन्डियन आइडल–१० का प्रतिभाशाली प्रतियोगीहरु छान्नेछन् ।’

तर समाचार एजेन्सी पीटीआईसँग अनु मलिकले भनेका छन्, ‘मैले इन्डियन आइडलबाट ब्रेक लिने निर्णय गरेको छु । किनकि मैले आफ्नो काममा समय दिनै भ्याएको थिइनँ । च्यानल मेरो निर्णयसँग सहमत छ ।’

अनु मलिक सन् २००४ देखि इन्डियन आइडलसँग जोडिएका थिए । 

केही दिनअघि गायिका श्वेता पण्डितले अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको बताउँदै ट्विटरमा लेखेकी थिइन्, ‘सन् २००० मा ‘मोहब्बतेँ’ फिल्मसँगै मेरो करियरको सुरुवात भयो । म आफ्नो सफलतालाई कायमै राख्न राम्रो नयाँ गीतको खोजीमा थिएँ । त्यसैबेला मलाई अनु मलिकको म्यानेजरको फोन आयो । सन् २००१ मा मलाई अंधेरीको एम्पायर स्टुडियोमा बोलाइयो । म एकदमै उत्साहित थिएँ । एउटा क्याबिनमा म र अनु मलिक थियौँ । बिना संगीत उनले मलाई गीत गाउन भने । गीत सुनेपछि अनुले भने – म तिमीलाई शान र सुनिधिसँग एउटा गीत गाउने मौका दिनेछु तर त्यसभन्दा पहिले तिमीले मलाई किस गर । यो भन्दै गर्दा अनु मुस्कुराइरहेका थिए । मेरो सम्झनामा त्यो एकदमै खराब मुस्कान थियो । त्यतिबेला  म केवल १५ वर्षकी थिएँ । विद्यालय जान्थेँ । म कल्पनै गर्न सक्दिनँ कि त्यो कस्तो पल थियो ?’

 

त्यस्तै गायिका सोना महापात्राले पनि केही दिनअघि अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । 

याे पनि पढ्नुहाेस्

‘मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए – क्या माल छ !’

 

-बीबीसी हिन्दीबाट

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया