अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

 बैशाख ३०, २०८० शनिबार ९:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) बाट १९/२० शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको नेपाली दूतावासले जनाएको छ । समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घर फर्काउने कार्यमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताउनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया