लन्ली प्लानेटकाे घुम्नैपर्ने विश्वका १० उत्कृष्ट सहरहरुको सूचीमा काठमाडौं पनि

 कात्तिक ६, २०७५ मंगलबार २०:३०:२३ | एजेन्सी
unn.prixa.net

विश्वको चर्चित र विश्वासिलो ट्राभल गाइड लन्ली प्लानेट डट कमले सन् २०१८–१९ का लागि घुम्नैपर्ने विश्वका १० उत्कृष्ट सहरहरुको सूची सार्वजनिक गरेको छ ।

लन्ली प्लानेटले सार्वजनिक गरेको सूचीमा नेपालको काठमाडौं पाँचौं स्थानमा परेको छ ।

यी हुन् सूचीकृत १० उत्कृष्ट सहर:

१. कोपनहेगन (डेनमार्क)
२. शेञ्जेन (चीन)
३. नोभि साद (सर्बिया)
४. मायामी (फ्लोरिडा–अमेरिका) 
५. काठमाडौं (नेपाल)
६. मेक्सिको सिटी ( मेक्सिको)
७. डकार (सेनेगल)
८. सियाटल (वाशिङटन–अमेरिका)
९. जदार (क्रोएसिया)
१० . मेक्नेस (मोरक्को)

सूचीमा पर्न सफल मुख्य सहरहरुका विशेषता यस्ता छन् :

कोपनहेगन (डेनमार्क)

एक नम्बरमा रहेको डेनमार्कको राजधानीसमेत रहेको सहर कोपनहेगन १५ वटा तारे रेष्टुराँहरु रहेका छन् भने तथा सहर पूर्णरुपमा साइकलमैत्री छ । 

शेञ्जेन (चीन)

चीनका विभिन्न चर्चित सहरलाई छोडेर शेञ्जेन सहर सूचीमा पर्नुमा यहाँको उत्तर आधुनिक वास्तुकला, नौला वातावरणीय कुराहरुको अवलम्बन तथा आधुनिक हङकङसँग तीव्रगतिको रेलसेवाको आवद्धता आदि हुन् ।

नोभि साद (सर्बिया)

राजधानी बेलग्रेड नजिकै रहेको यो सहरलाई सर्बियाको एथेन्स पनि भनिन्छ । यो १८ औं शताब्दीदेखि मनाइंदै आएको देशकै चर्चित एक्जिट पर्व मनाइने सहर पनि हो ।

मायामी (फ्लोरिडा–अमेरिका)

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहर विभिन्न समुद्री किनाराहरुले भरपुर सहर हो । यी किनाराहरुमा क्युबा तथा क्यारेबियन राष्ट्रका संस्कृति देख्न सकिन्छ । यो ल्याटिन अमेरिकाको प्रवेशदार पनि हो ।

नेपाल (काठमाडौं)

सूचीको पाँचौं स्थानमा परेको काठमाडौं यहाँ बसेर काम गर्ने तथा अध्ययन गर्नेहरुलाई केही समययता धुवाँ धुलो, बिग्रिएका सडक, अस्तव्यस्त जनजीवनका कारण दिक्कलाग्दो लागेको हुन सक्छ । तर लन्ली प्लानेटले ३ वर्षअघिको महाभूकम्पपछि पनि छिट्टै नै सामान्य स्थितिमा फर्केर पर्यटकहरुलाई आकर्षित गर्न सकेको विषयलाई बढी महत्व दिएको छ ।

वेबसाइटका अनुसार काठमाडौं मध्यकालीन वास्तुकला, मीठो खाना र रात्रीजीवन तथा समृद्धि पस्किरहेको हिमालयको दैलो हो । यो सहरका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरुमा सवारीसाधन तथा उपत्यकाका सबैठाउँमा हर्न बजाउन निषेध गरिएपछि यो पहिलेभन्दा अझ शान्त भएको छ । साथै यहा आउँदो वर्ष हुन गइरहेको दक्षिण एसियाली खेलकुदलाई पनि विशेष रुपमा उल्लेख गरिएको छ ।

वेबसाइटका सम्पादकीय निर्देशक टम हलले लेखेका छन्, ‘लन्ली प्लानेटको काठमाडौं तथा नेपालसँग नै न्यानो ऐतिहासिक सान्निध्य रहँदै आएको छ । हामीले नेपालमा ३ वर्षअघि आएको विनाशकारी भूकम्पपछि तंग्रिँदै आएको समाचार तथा जानकारी लेख्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’

 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raju Shrestha

    Oct. 24, 2018, 12:39 a.m.

    Nepal is One small country & Many Higher Mountains lies in Nepal. Nepal is Very Beautyful & Lot's of very old Temple & One Holy Temple of Hindu lies also in Kathmandu capital city of Nepal.

  •  0 Reply

तपाईको प्रतिक्रिया