भारतकाे कर्नाटक राज्यमा काङ्ग्रेसको १ सय ३६ सिटमा जित, भाजपा ६५ सिटमा खुम्चियो

 वैशाख ३१, २०८० आइतबार ६:५०:२ | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत ल्याएको छ । दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा काङ्ग्रेसलाई बधाई दिनुभएको छ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक काङ्ग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ । कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् । उहाँ चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुग्नुभएको थियो । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलङ्गनामा विधान सभाको चुनाव हुँदैछ।

ती राज्यहरुमा पनि बहुमत ल्याउनका लागि काङ्ग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया