प्रियंका चोपडाका लागि निकले किनिदिए ६५० करोडको सुन्दर महल(तस्बिरसहित)

 कात्तिक ७, २०७५ बुधबार १३:५२:४३ | एजेन्सी

 

हालैमात्र मुम्बईमा भएको इन्गेज्मेन्ट कार्यक्रमपछि प्रियंका चोपडा र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् । 

विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन् ।

प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभए पनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ ।

अमेरिकी गायक निकले बलिउड नायिका प्रियंकालाई प्रेम प्रस्ताव राख्नुभन्दा पहिले नै यो महल किनेको बताइएको छ ।

अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको त्यो घरको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

४१२९ स्क्वायर फीटमा फैलिएको सुन्दर घरको फोटाहरु प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । 

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया