दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डौ – सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने पनि बताउनु भयो ।
राष्ट्रपति पौडेलले विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने पनि बताउनु भयो ।
राष्ट्रपति पौडेलले राजश्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने बताउनु भयो ।
उहाँले राजश्वको दायरा बिस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्ने घोषणा गर्नुभयो ।