१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आवश्यकता सम्बोधन हुने गरी सरकारले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै अर्थमन्त्री महतले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई यस्ताे प्रतिक्रिया दिनुभएको हो । कांग्रेस प्रवक्तासमेत रहनुभएका उहाँले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमानदारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘देशकाे आवश्यकताअनुसार सरकारको नीति तथा कार्यक्रम आएकाे छ । त्यसलाई कार्यान्वयन गर्न हाम्रो क्षमता बढाउनु पर्याे । इमानदार हुनुपर्याे । रातदिन काम गर्नुपर्याे । त्यो काममा हामी लाग्छौँ । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् ।’
मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरूपमा बुझ्न नहुने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।