नीति तथा कार्यक्रम अस्पष्ट, अन्याेलग्रस्त र दिशाहीन : केपी ओली

 जेठ ६, २०८० शनिबार १८:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएकाे छ।

शनिवार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताउनुभएको हो । उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले स्वीकार गर्न र समर्थन गर्न नसकिने बताउनु भएकाे हाे । अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्याेलग्रस्त र दिशाहीन रहेको बताउनु भयो ।

सरकारको नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो नीति, कार्यक्रम, नीति कार्यक्रम जस्तै छैन । यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त्यस सम्बन्धमा यसमा खासै कुरा छैन । यो त वार्षिक कार्ययोजना हो । दुई वर्ष गठबन्धनले तोकेको हुनाले दुई वर्षे कार्यक्रम राखिएको हो कि ? त्यसकारण यो धेरै अस्पष्ट, अन्याेलग्रस्त, दिशाहीन छ ।'

ओलीले देशको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको दाबी गर्दै आपत्ति जनाउनु भयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया