केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
झापा – झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा रहेकाे आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।
आज साेमवार बिहान स्थानीयवासीले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिनुभयो ।
हात्ती मृत फेला परेको ठाउँमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाइएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् ।
झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रकाश सापकोटा
May 22, 2023, 12:37 p.m.फाईल फोटो भए पनि , पोथी हात्तीको दार्हा हुदैन भन्ने त ख्याल गरौन । थोरै ध्यान दिदा राम्रो हुन्थ्यो कि ...??