बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

 माघ ४, २०८१ शुक्रबार १५:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाण्डौ–६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने रहेका छन् ।

सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सञ्जितालाई न्युरोडबाट र रेशमराजलाई बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया