केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैँसेपाटी सडक खण्डको काम यही जेठभित्रमा सकिने बताउनुभएको छ ।
सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्ताे बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनुभयो । उहाँले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती बेहाेर्नु नपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडक खण्डको कालोपत्र हुने पनि बताउनुभयो । उहाँले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न समस्या आइरहेकाे भन्दै आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सडक पछिल्लो समयमा अलि धेरै चर्चा र बहसको विषय थियो । म आउनेबित्तिकै हाम्रो टिम बसेर यो सडककाे काम छिटाे सक्न मातहतका निकायलाई निर्देशन दिएका थियाैँ । सक्रियताकासाथ काम अघि बढेको छ । जेठ महिनाभित्र काम पूरा हुने अवस्था छ । अब यहाँका नागरिकले लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती बेहाेर्नु पर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’
मन्त्री ज्वालाले आउँदा दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तर–मन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आउँदाे वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि 'रोड एम्बुलेन्स' को परिकल्पना गरेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।