केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
खोटाङ – चार वर्षअघि बनिसक्नुपर्ने खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीकाे धाप्लाङघाट पुलको डिजाइन परिवर्तन प्रक्रिया अघि बढाइएको छ । २०७६ साल असारमा बनिसक्नुपर्ने खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीको धाप्लाङघाट पुलको काम रोकेर डिजाइन परिवर्तन प्रक्रिया अघि बढाइएको हो ।
दुई सय मिटर लम्बाइ भएको पुलको ठेक्का लागेको सात वर्षपछि रसुवा एसएनएस पप्पु जेभीको आग्रहमा डिजाइन 'रिभ्यु' गर्न लागिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो ।
२०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते धाप्लाङघाट पुलको सम्झौता गरिएको थियो । वेल फाउन्डेशन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ठेकेदारकाे आग्रहमा पाइल फाउन्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन 'रिभ्यु' को प्रक्रिया अघि बढाइएको हो । पुलको चार वटा वेल फाउन्डेशनकाे ठाउँमा चार वटा पाइल फाउन्डेशन बनाउने तयारी गरिएको छ । पुल अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा मिलेमतोमा छुट दिइएको खोटाङका प्रदेश सभा सांसद भूपेन्द्र राईले बताउनुभयो ।
खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका र तथा भोजपुरका केही ठाउँलाई पूर्वी सहरसँग जोड्ने पुल २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएकाे थियाे । धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा 'लोड–अनलोड' गर्दा किसानले थप व्यायभार खेपिरहेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।